ऐन महरकी पत्नीबिरुध्द पनि पक्राउ पुर्जी जारी

ऐन महरकी पत्नीबिरुध्द पनि पक्राउ पुर्जी जारी

युवतीको चरित्र हत्या गरेको आरोपमा समातिएका एमाले नेता ऐनबहादुर महरलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद थपको अनुमति पाएको छ । 

पीडित भनिएकी रश्मिला धामीले हुलाकमार्फत दिएको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेपछि महरले आज साइबर ब्युरोमा आत्मसमर्पण गरेका थिए । त्यसलगत्तै प्रहरीले उनलाई म्याद थपका लागि अदालतमा उपस्थिति गराएकोमा अनुमति मिलेको हो । 

प्रहरीका अनुसार महरकी पत्नी सनुजा श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । अस्कल क्याम्पसको उपप्राध्यापकसमेत रहेकी एमाले नेत्री उनी भने पक्राउ परेकी छैनन् । 

महरले आफूलाई जबर्जस्ती करणी गरेको जिकिर लिएर अड्डा-अदालत धाइरहेकी उनै रश्मिलाले महर दम्पतिविरुद्ध जाहेरी दिएकी हुन् । जाहेरकर्ताले विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न माग गरेको बताइएको छ ।

याे पनि...

एमाले केन्द्रीय सदस्य महर पक्राउ

टिप्पणीहरू