रुबी हत्या आरोपी शरीर जलेको अवस्थामा पक्राउ
रौतहटमा सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा भेटिएका छन् । माधवनारायण नगरपालिका–६ माधोपुर नजिकैको बगैंचाको बाटोमा जलेको अवस्थामा भेटिएका पासवानलाई प्रहरीले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पुर्याएको छ ।
गत शनिबार गौर बजार गएकी रुबीको शव सुटकेसमा राखेको अवस्थामा सडकमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पासवानले आफैँ शरीरमा पेट्रोल छर्केर आगो लगाएको अवस्थामा फेला परेका हुन् । घाइते उनको उपचार भइरहेको प्रहरीले बतायो ।

टिप्पणीहरू