सुटकेशभित्र महिलाको शव फेला

सुटकेशभित्र महिलाको शव फेला

रौतहटमा सुटकेशभित्र एक महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिकको सडकमा शवसहितको सुटकेश फेला परेको हो ।

हिजो राति बेवारिसे अवस्थामा भेटिएको सुटकेश शंका लागेपछि प्रहरीले खोलेर हेर्दा डोरीले बाँधिएको अवस्थामा महिलाको शव फेला परेको बताइएको छ । मृतक महिला माधवनारायण नगरपालिका-६ माधवपुरकी २६ वर्षीया रुबीकुमारी साह भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीलके जानकारी दिए । 

उनका अनुसार रुबीको घाँटीमा डोरी र सलले कसेको दाग, नाकमा रगत र हातमा सामान्य चोट देखिएको छ । र, उनको शव कसले सुटकेशभित्र हालेर राख्यो भन्ने बारेमा अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए । 

ती महिलाको श्रीमान भने भारतमा रहेको बुझिएको छ । उनी दुई दिनदेखि वेपत्ता भएपछि परिवारले खोजीका लागि प्रहरीलाई आग्रह गरेका थिए । सोही क्रममा उनको शव सुटकेशभित्र फेला परेको  र अहिले तालिम प्राप्त कुकुरहरुको सहयोगमा घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू