नेपालको पत्रबारे भारत र चीन अझै मौन
नेपाली भूमि लिपुलेक हुँदै व्यापारिक मार्ग पुनः खोल्ने चीन–भारतबीचको सहमतिविरुद्ध दुवै देशलाई पठाइएको कूटनीतिक नोटवारे अचम्मको मौनता साँधिएको छ ।
दाङमा हिजो आयोजित कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले दुई ठूला छिमेकीले जनाएक पछिल्लो सहमतिप्रति असन्तुष्टि जनाउँदै ‘नेपालले कूटनीतिक नोट पठाइसकेको’ दावी गरेका छन् ।
यता मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भदौ ४ गते सार्वजनिक विज्ञप्तिलाई नै सरकारको आधिकारिक धारणा बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार चीन र भदौ मसान्तका दिन भारत जाने तयारी भैरहँदा संसद र सडकमा चीन–भारतबीच लिपुलेकबाट गरिने व्यापारिक कारोबारसम्बन्धी हालैको सहमतिविरुद्ध चर्को विरोध र प्रदर्शन भइरहेको छ । राजनीतिक दलहरु पनि उक्त मामिलामा एकमत देखिएका छन् । नेपालमा उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रमको रिपोर्टिङका लागि भारतीय राजदूत नवीन श्रीवास्तव हिजो बिहान एअर इण्डियाको उडानमा नयाँ दिल्ली गएका छन् ।
टिप्पणीहरू