डोल्पाको सीमानामा पनि सशस्त्र र चिनियाँ प्रहरीको हातेमालो

डोल्पाको सीमानामा पनि सशस्त्र र चिनियाँ प्रहरीको हातेमालो

सशस्त्र प्रहरी बल नेपाल र चिनियाँ प्रहरीले डोल्पाको सीमानामा रहेका सीमा स्तम्भहरुको निरीक्षण गरेका छन् । उनीहरुले बुद्ध गाउँपालिका ६ मोरिम्ला सीमास्थित १५ नम्बर सीमा स्तम्भको निरीक्षण गरेका हुन् ।

निरीक्षणमा नम्बर ४६ गुल्म डोल्पाका सशस्त्र प्रहरी टोली र चिनियाँ अध्यागमन टोली सहभागी थिए । गतसाता संखुवासभाको किमाथाङ्का नाका अवलोकन गरिएको थियो । 

दुबै मुलुकले संयुक्त टोली बनाएर भोटखोला गाउँपालिका–१ अन्तर्गतका ५ वटा सीमा स्तम्भ (६६, ६७, ६८÷२, ६९÷१ र ६९÷२) निरीक्षण र सरसफाइ गरिएको थियो । टोलीमा सशस्त्र प्रहरी बलका सात जना,चिनियाँ पक्षबाट आठ जना र नेपाल प्रहरीका चार जना सहभागी थिए ।

टिप्पणीहरू