हल्ला चर्को, परिणाम खल्लो
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा भएको बहुप्रतीक्षित बैठक ठोस सहमतिबिना टुंगिएको छ । जारी युक्रेन युद्ध अन्त्यबारे छलफल भएपनि निश्कर्ष निस्कन नसकेको बताइन्छ ।
ट्रम्पले ‘केही प्रगति भएको’ स्वीकार गरेका छन् । तर औपचारिक सम्झौता भएको छैन । झण्डै तीन घण्टा लामो वार्तापछि रुसी राष्ट्रपति पुटिनले पनि युद्ध अन्त्यका लागि आफू ‘गम्भीर र इच्छुक’ रहेको दाबी गरेका छन् । तर, उनले पनि त्यसबारे केही बताएका छैनन् ।
रुसले सँधै भन्दै आएको आफ्नो ‘वैध सुरक्षा चासो’ लाई सम्बोधन नगरेसम्म युक्रेन युद्ध जारी रहने सम्भावना उत्तिकै छ । वार्ता विफल हुनुका कारणबारे भनिएको छ :
युक्रेनको भविष्यबारे फरक दृष्टिकोण :अमेरिका युद्ध अन्त्यका लागि तत्काल युद्धविराम र वार्ताको पक्षमा देखिए पनि रुस आफ्नो प्रभाव क्षेत्र सुरक्षित राख्ने अडानमा अडिग छ ।
सुरक्षा ग्यारेन्टीको माग: पुटिनले नाटोको विस्तार र युक्रेनको सम्भावित सदस्यता रुसको सुरक्षामाथि खतरा हुने भन्दै त्यसबारे स्पष्ट ग्यारेन्टी चाहेको पुनः दोहोर्याएका छन् ।
विश्वासको अभाव :दुई देशबीच लामो समयदेखि रहेको अविश्वासले ठोस प्रतिबद्धतामा असर पारेको छ ।
घरेलु राजनीतिक दबाब: ट्रम्पमाथि अमेरिकाभित्र कठोर र कडा सम्झौता गर्नुपर्ने दबाब छ भने पुटिनमाथि रूसभित्र कुनै कमजोरी देखाउन नहुने दबाबका कारण उनीहरु छलफलपछि उठेका हुन् ।
दुई मुलुुकबीच गहिरिँदो अविश्वास र आ–आफ्ना राजनीतिक हिसाब–किताबकै कारण यसपटकको छलफलअघि हल्ला मात्रै भएको र ठोस उपलब्धि हासिल हुन नसकेको सहजै अनुमान लगाउन सकिन्छ ।
टिप्पणीहरू