विदेशबाट फर्केलगत्तैदेखि चिनियाँ कम्युनिष्ट पार्टीका नेतामाथि सोधपुछ जारी

विदेशबाट फर्केलगत्तैदेखि चिनियाँ कम्युनिष्ट पार्टीका नेतामाथि सोधपुछ जारी

चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख लिउ चियानचाओमाथि पार्टीले सोधपुछ र अनुसन्धान जारी राखेको छ । भावी विदेशमन्त्रीका रूपमा हेरिएका वरिष्ठ कूटनीतिज्ञ लिउ जियानचाओलाई अगष्ट महिनाको सुरुवातदेखि अधिकारीहरूले नियन्त्रणमा लिएर सोधपुछ थालेको पश्चिमा सञ्चार माध्यमहरुले जनाएका छन् । तर,उनलाई अस्ति शनिबार मात्र नियन्त्रणमा लिएको चिनियाँ सञ्चारमाध्यमको दावी छ ।

पश्चिमा सञ्चारमाध्यमले ६१ वर्षीय लिउलाई सिंगापुर,दक्षिण अफ्रिका र अल्जेरियाको भ्रमणबाट फर्किएपछि पक्राउ गरिएको दाबी गरेका छन् । उनी जुलाई ३० का दिन स्वदेश फर्केका थिए । 

चीनमा यस किसिमका उच्च तहको कूटनीतिक अधिकारी पक्राउ पर्नुलाई निकै दुर्लभ घटनाको रुपमा लिइन्छ । यसअघि सन् २०२३ मा पूर्व विदेशमन्त्री छिन काङ र कृषि तथा रक्षा मन्त्री पनि एकाएक पद मुक्त भएका थिए ।

टिप्पणीहरू