सरकारको प्राथमिकतामा सडक सुधार
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलोरहित सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको दाबी गरेका छन् ।
गुणस्तरीय सडकमात्रै सरकारको परिकल्पनामा रहेको जनाउँदै उनले त्यसलाई सार्थक तुल्याउने काममा आफूहरु लागि परेको जिकिर गरे । त्यसैअन्तर्गत अहिले पूर्वपश्चिम राजमार्गको सडक स्तरोन्नति भैरहेको र मध्यपहाडी लोकमार्गको काम चलिरहेको जानकारी उपप्रधानमन्त्रीले गराए ।
सडक सुधारका लागि नीतिगत तथा कानुनी सुधारमा पनि सरकारले ध्यान दिइरहेको उनको भनाइ छ । बजेट निर्माणमा सुझाव दिएजस्तै त्यसको प्रभावकारी कार्यान्वयनमा पनि सबैले त्यत्तिकै जोड दिनुपर्नेमा अर्थमन्त्रीले जोड दिए ।
तीन वर्षभित्र सरकारले उच्च प्राथमिकताका साथ भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गर्ने कुरा पनि उनले खुलासा गरेका छन् । टुकुचादेखि पश्चिमको भूभागमा रहेका संरचनाहरु भत्काएर अत्याधुनिक, व्यवस्थित र आकर्षक प्रदर्शनीस्थल बन्ने अर्थमन्त्रीको तर्क छ ।
टिप्पणीहरू