बोल्नै नपाउने हो र पूर्व राष्ट्रपतिले ?
नेपालमा राष्ट्रपति नियुक्तिकै विषयलाई लिएर निकै ठूलो उथलुथल मच्चिएको देख्दा संसारका धेरै बुद्धिजीवीले आश्चर्य मानेका होलान् । दशैंको नवरात्री पूजामा स्थापना गरिने माटाको मूर्तिजस्तै उच्चस्तरीय आसन र ध्वजापताकाबाटै सिंगारेर निर्जीव जस्तै एकशब्द पनि बोल्नै नपाउने अबलालाई देवीमा नियुक्त गरेजस्तै परिस्थिति हो अहिले ?
एक शब्द पनि सोचेर बोल्न नदिने हो भने कालभैरव छँदैछन्, मल्ल कालमा उनै प्रधानन्यायाधीश थिए, उनकै पाउ छोएर धर्म भाकेपछि मुद्दा फैसला हुन्थ्यो । अर्बौं खर्चेर हजारौं कालाकाटेहरू पाल्नै पर्दैनथ्यो । धेरैले आ–आफ्ना सिप र ताकतले पत्थरकला र काष्ठकलामार्फत मठमन्दिर सिंगारेका थिए । एउटा अबला, अनाथ, निरीह पूर्वराष्ट्रपतिले पार्टीको साधारण सदस्यमा फर्कन खोज्दा त यति ठूलो जालझेल हुन्छ भने सर्वशक्तिमान कार्यकारी राष्ट्रपतिका निम्ति प्रत्यक्ष चुनाव गर्दा कतिसम्म छलछाम गरिएला ? यस्तो हुनुभन्दा कालभैरवबाटै अन्तिम फैसला गरेर वकिलहरूलाई आलु प्याज रोप्न लगे देशको विकास आफैं हुन्थ्यो कि !
बच्चा पाउँदैमा विवाहित ठहर्दैन भनेर फैसला गर्ने अदालतबाट नैतिक न्यायको के आशा गर्ने ? द्वन्द्वकालीन पीडितका मुद्दा तीन महिनाभित्रै छिन्नुपर्ने कानुनी मर्यादा खोइ मानेको ? विरोधीलाई फसाउने र चुप लगाउने खालका मुद्दाको २४ घण्टामै फाइल खोलिन्छ तर देश र जनताप्रति चिन्ता गरिएका हजारौं मुद्दा किन सुनुवाइ शुरु गरिँदैन ? अदालतको लिष्टमा फरार रहेको व्यक्ति प्रहरीले खोजी गर्दैछौं भन्छ । सदनभित्र आएर सत्ता परिवर्तनमा भोट हालिरहेको हुन्छ । भूपूलाई समेत ढुकुटीको अधिकारी बनाउने विधेयक पास गर्दा नांगा भोका मजदुरले थपडी बजाउनुपर्ने लोकतन्त्र हो ?
– विदुर–४, नुवाकोट, ९८४९८५३१११
टिप्पणीहरू