उत्तरतिर फर्काएर दक्षिणको माइकिङ्ग

उत्तरतिर फर्काएर दक्षिणको माइकिङ्ग

उत्तर कोरियालाई प्रोपोगण्डा र झुठो प्रचारको आरोप लगाउने दक्षिण कोरिया आफैं सीमा क्षेत्रमा राखिएका लाउडस्पिकरमार्फत् वर्षौंदेखि उस्तै शैलीमा संलग्न रहँदै आएको तथ्य पुष्टि भएको छ । दक्षिण कोरियाली रक्षा मन्त्रालयले उत्तरसँगको सीमा क्षेत्रमा प्रचारबाजीका लागि राखिएका स्पिकरहरू हटाउन थालिएको जानकारी दिएको छ । 

यो कदम दुई कोरियाबीच चिसिएको सम्बन्धलाई सहज बनाउने ‘व्यवहारिक उपाय’ भएको जनाउँदै जारी विज्ञप्तिमा यसबाट सीमा क्षेत्रमा तैनाथ सेनाको तत्परतामा भने कुनै असर नपर्ने उल्लेख छ । सन् २०२४ को जुनमा तत्कालीन राष्ट्रपति युन सुक योएलको निर्देशनमा दक्षिण कोरियाले ती लाउडस्पिकरमार्फत् उत्तर कोरियातर्फ पुनः प्रसारण थालेको थियो । 

यसबाट दुई कोरियाबीच तनाव थप चर्केको थियो । ‘कोरियाली प्रायद्वीपमा शान्ति र आपसी विश्वास पुनःस्थापना गर्ने उद्देश्यले प्रसारण रोकिएको हो,’ विज्ञप्तिमा लेखिएको छ । तर यही विश्वास तोड्ने कामको थालनी पनि दक्षिण कोरिया आफैंले गरेको हो भन्ने सम्बन्धमा मौनता साँधिएको छ ।

सीमावर्ती क्षेत्रमा विभिन्न उपकरण प्रयोग गरेर एकअर्काविरुद्ध सन्देश प्रवाह गर्ने अभ्यास दुई कोरियाबीच विगतदेखि चलिआएको छ । तर, ‘शान्ति चाहने’ भनिएको दक्षिण पक्षबाट हुने यस्ता भडकाउ प्रवृत्तिको सर्वत्र विरोध गरिएको थियो । 

फोटो स्रोत : सिन्ह्वा ।

टिप्पणीहरू