सुशासनबारे सि जिनपिङका थप विचार प्रकाशित

सुशासनबारे सि जिनपिङका थप विचार प्रकाशित

चिनियाँ राष्ट्रपति तथा कम्युनिष्ट पार्टी (सिपिसी) का महासचिव सि जिनपिङको विचार र नेतृत्वमा आधारित पुस्तक ‘सि जिनपिङः द गभर्नेन्स अफ चाइना’ को पाँचौं भाग सार्वजनिक गरिएको छ ।

फरेन ल्याङ्ग्वेज प्रेसले चिनियाँ तथा अङ्ग्रेजी भाषामा प्रकाशित गरेको उक्त पुस्तक चीन र अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि उपलब्ध छ । पुस्तकमा सन् २०२२ मे २७ देखि २०२४ डिसेम्बर २० सम्मको अवधिमा सि जिनपिङद्वारा व्यक्त ९१वटा लिखित तथा मौखिक अभिव्यक्तिहरू समावेश गरिएको छ ।

पुस्तकमा सन् २०२२ मे २७ देखि २०२४ डिसेम्बर २० सम्मको अवधिमा सि जिनपिङद्वारा व्यक्त ९१वटा लिखित तथा मौखिक अभिव्यक्तिहरू समावेश गरिएको छ ।

साथै,सो अवधिका ४१ वटा तस्बिर पनि समेटिएको पुस्तकलाई विषयगत रूपमा १८ अध्यायमा विभाजन गरिएको छ । पुस्तकमा जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा र आन्तरिक सुधार तथा विकासका चुनौतीहरूमाझ आधुनिक समाजवादी राष्ट्र निर्माणका लागि सि जिनपिङ नेतृत्वमा सिपिसी केन्द्रीय समितिले चालेका कदमवारे सविस्तार उल्लेख छ ।

नयाँ पुस्तक नयाँ युगका लागि चिनियाँ विशेषतायुक्त समाजवादसम्बन्धी सि जिनपिङको विचारलाई बुझ्न र प्रयोग गर्न पार्टी सदस्य,अधिकारी तथा सर्वसाधारणलाई सहयोगी हुने बताइएको छ । साथै,यसले अन्तर्राष्ट्रिय समुदायलाई सो विचारको पछिल्लो विकासबारे जानकारी गराउँदै साझा भविष्य निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

स्रोत: चाइना डेली

टिप्पणीहरू