राजेश अहिराजविरूद्ध बलात्कार मुद्दा दर्ता

राजेश अहिराजविरूद्ध बलात्कार मुद्दा दर्ता

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय,काठमाडौंले आज काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको हो । 

कार्यालयले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र उपदफा (२) बमोजिमको कसुरमा उनलाई सोही दफाको उपदफा (३) को खण्ड (ङ) बमोजिम कैद सजाय गर्नुपर्ने र उपदफा (३क) को खण्ड (ग) बमोजिम जरिवाना पीडित राहत कोषमा दाखिला गराउनुपर्ने मागदाबी लिएको छ । 

२३ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा उनी गत साउन ४ गते पक्राउ परेका थिए । २०७७ फागुन ७ गते मधेश प्रदेशको प्रमुख नियुक्त भएका उनी मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादकसमेत थिए ।

टिप्पणीहरू