डगी पूल पार्टी
गर्मी बढेपछि मानिसको झैँ कुकुरको पनि पूल पार्टी आयोजना गरिएको छ । चीनको राजधानी बेइजिङमा कुकुरप्रेमीहरुको एउटा समूहले रंगीन पूल पार्टीको आयोजना गरेका हुन् ।
रंगीचंगी कुकुरहरुको विशेष पार्टीले धेरैलाई आश्चर्यचकितसँगै बेइजिङबासीलाई हर्षित तुल्याएको छ । चीनमा घरपालुवा जनावरको संख्या बढेपछि कुकुर र अन्य घरपालुवा जनावरका लागि विभिन्न खालका कार्यक्रम आयोजना गर्न थालिएको हो ।
यसले कुकुरसँगको सम्बन्ध साथीको मात्र नभएर एउटा जीवनशैली बनिसकेको अर्थ लगाइएको छ । कुकुरप्रेमीहरू आफ्नो जनावरसँग समय बिताउन पूल पार्टीजस्ता रमाइलो अवसरको खोजीमा देखिन्छन् ।
टिप्पणीहरू