तटीय क्षेत्रमा जैविक विविधताको अद्भुत केन्द्र

तटीय क्षेत्रमा जैविक विविधताको अद्भुत केन्द्र
सुन्नुहोस्

चाङचियाङ हाइवेइ राष्ट्रिय सिमसार निकुञ्ज दक्षिण चीनको हाइनान प्रान्तको तटीय क्षेत्रमा अवस्थित एक प्रमुख जैविक सम्पदाको केन्द्र हो । सिमसार पारिस्थिति, विविधता र विशिष्टताका दृष्टिले यो केन्द्र अत्यन्तै महत्वपूर्ण मानिन्छ।

यो सिमसार विशाल घाँसे मैदान, माटोको समथर भूभाग, र म्यानग्रोभ संरक्षण क्षेत्रहरू समेटिएको अद्वितीय पारिस्थितिक तन्त्रको धरोहर हो। यो उष्णकटिबन्धीय टापुमा प्रवासी चराहरूको लागि प्रमुख बासस्थानका रूपमा चिनिन्छ।

निकुञ्जमा हालसम्म २१२ प्रजातिका चराहरू भेटिएका छन्  । तीमध्ये तीन प्रजाति पहिलो श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत छन् भने ३९ प्रजाति दोस्रो श्रेणीको संरक्षण अन्तर्गत राखिएका छन्।

निकुञ्ज व्यवस्थापन प्राधिकरणले जैविक विविधताको निरन्तर अनुगमन गर्दै, नियमित रूपमा नयाँ प्रजातिहरूको पहिचान गरिरहेको छ। यो चीनका अन्य तटीय क्षेत्रहरूको जैविक विविधता संरक्षण तथा वातावरणीय सन्तुलनका लागि पनि महत्वपूर्ण आधारको रूपमा रहेको छ।

टिप्पणीहरू