पाकिस्तानमा भीषण वर्षा, दर्जनौंको मृत्यु
पाकिस्तानको पञ्जाब प्रान्तमा भीषण वर्षापछि आएको बाढी, पहिरो, डुबानका कारण ६३ जनाको ज्यान गएको छ । भारी वर्षाका कारण पछिल्लो २४ घण्टामा घाइतेको संख्या तीन सय पुगेको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार तीमध्ये अधिकांश भवन भत्किएपछि च्यापिएर र करेन्ट लागेर बितेका हुन् । रावलपिण्डीमा पनि घनघोर वर्षा भएकाले सार्वजनिक बिदा दिइएको छ ।
पछिल्लो तीन सातामा पाकिस्तानमा वर्षाका कारण झण्डै दुई सयको ज्यान गइसकेको छ । पञ्जाव प्रान्तमा आपतकाल घोषणा गरिएको छ । पाकिस्तानका केही स्थानमा पछिल्लो २४ घण्टामा ४ सय मिलिलिटर वर्षा भएको छ ।
टिप्पणीहरू