रास्वपा नेताहरुको गर्जिने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । भोलि दिउँसो साढे ३ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम राखिएको छ ।
कार्यक्रममा समसामयिक राजनीतिक घटनाक्रमसहित संसद बैठकमा पार्टीका सांसदहरुको भूमिका, हस्ताक्षर अभियान, रुपन्देही–३ को उपचुनावमा उम्मेदवार चयनलगायत विषयमा छलफल गरिने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
टिप्पणीहरू