उपेन्द्रले लिए समर्थन फिर्ता, उपल्लो सदनमा सरकारलाई अप्ठेरो

उपेन्द्रले लिए समर्थन फिर्ता, उपल्लो सदनमा सरकारलाई अप्ठेरो

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । उक्त पार्टीले आज समर्थन फिर्ताको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएको हो । 

योसँगै जसपा नेपालका सांसदहरु संघीय संसदका दुवै सदनमा बिपक्षी बेञ्चमा बस्नेछन् । दुई दलीय गठबन्धन सरकारलाई समर्थन दिएपनि जसपा नेपाललाई सरकारमा सामेल गरिएको थिएन । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारको कामप्रति असन्तुष्टि जनाउँदै समर्थन झिक्ने चेतावनी दिँदै आएका थिए । 

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशनसमेत दिएको थियो । तर, त्यसको करिब दुई हप्तापछि अस्ति सोमबार सत्ता गठबन्धनको बैठकमा पुगेपछि पार्टीभित्रै यादवको आलोचना भएको थियो । मन्त्री खानको लागि मरिहत्ते गरेको आरोप उनीमाथि लागेको थियो ।  

जसपाले विपक्षी कित्ता रोजेपछि प्रतिनिधिसभामा झन्डै २ तिहाईको हैसियतमा रहेको केपी सरकार राष्ट्रिय सभामा भने स्पष्ट अल्पमतमा परेको छ । तीन सिटको जसपाको समर्थन गुमेसँगै राष्ट्रिय सभामा विधेयक अघि बढाउन सरकारलाई कठिनाइ हुनेछ ।

टिप्पणीहरू