क्षमायाचनापछि पौने २६ अर्बको घोषणा
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि पौने २६ अर्बको बजेट ल्याएको छ । १७ औं नगर सभाको पहिलो बैठकमा उपमेयर सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षको अनुमानित आम्दानी र खर्चको हिसाब सुनाइएको छ ।
उनले २५ अर्ब ११ करोड ४२ लाख ४१ हजार सञ्चित कोष र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेश गरेकी हुन् ।
बजेट पेश गर्नुअघि उपमेयर डंगोलले संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले हरेक वर्षको असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्नेमा सो नभएकाले क्षमायाचनासमेत गरेकी थिइन् । सुनिताले भनिन्, ‘समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेस गर्न नसकेकोमा मेरो व्यक्तिगत, नगर सभाका सदस्यको तर्फबाट महानगरबासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं ।’
टिप्पणीहरू