विद्यालयका अध्यक्षमाथि बहुमतको कालोमोसो

विद्यालयका अध्यक्षमाथि बहुमतको कालोमोसो

धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताले पोखरा महानगरपालिका-१७ स्थित छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेका छन् । उनीहरुले आज सडकमा हिँडिरहेकै अवस्थामा पहारीमाथि कालोमोसो दलेका हुन् । 

फेवाताल नजिकै रहेको डेभिड फल्स (पातले छाँगो)बाट हुने आम्दानी विद्यालय सञ्चालनको लागि खर्च हुँदै आएकोमा अध्यक्ष पहारीले रकम हिनामिना गरेको बहुमतको आरोप छ । 
 
बताइएअनुसार हाल उक्त विद्यालयका ५० भन्दा बढी शिक्षकलाई नीजि स्रोतबाट तलब भत्ता उपलब्ध गराउनुपर्ने बाध्यता छ । तर, अध्यक्ष पहारीले डेभिड फल्सबाट आम्दानी हुने रकम अपारदर्शी ढंगबाट ‘गोजीमा हालेको’ कारण जनकारवाही गरिएको बहुमतले जनाएको छ । 

०३५ सालमा स्थापना भएको उक्त विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
 

टिप्पणीहरू