वार्षिक समीक्षामा जुट्यो माओवादी

वार्षिक समीक्षामा जुट्यो माओवादी

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पेरिसडाँडामा सुरु भएको छ । सरकारबाट बाहिरिएको एक वर्ष पुगेपछि नेताहरु समीक्षामा जुटेका हुन् । 

गत वर्ष असार १७ गते तत्कालीन सत्ता साझेदार दल नेकपा (एमाले) र तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको एजेण्डासहित सात बुँदे सहमति गर्दै नयाँ गठबन्धन बनाएका थिए । प्रतिपक्षमा पुगेपछि माओवादीले हुलाकी राजमार्गकेन्द्रीत तराई–मधेश जागरण अभियान र मध्य पहाडी लोकमार्गकेन्द्रीत जागरण अभियान सम्पन्न गरिसकेको छ । 

बैठकमा पछिल्लो समय विकसित घटनाक्रम, एक वर्षको पार्टी गतिविधि र आगामी अभियानबारे छलफल हुने बताइएको छ ।

टिप्पणीहरू