राष्ट्र बैंक, धितोपत्र बोर्ड डुबाउने खेल शुरु : स्वर्णिम वाग्ले
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले वित्तीय क्षेत्र र पुँजी बजार तहसनहस पार्न खोजिएको आरोप लगाएका छन् । उनले पछिल्लो समय मुलुकमा कुशासन चुलिएको दाबी गरेका हुन् ।
प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै उनले सर्वत्र बिचौलिया हाबी भएको बताए । आगामी मौद्रिक नीतिबारे धारणा राख्दै उनले राष्ट्र बैंकलाई बिचौलियाको चलखेल रोक्न आवश्यक पहल गर्न सुझाएका छन् ।
उनले भने, ‘जताततै कुशासन बढेको छ । एफएटिएफदेखि ग्रेलिस्टहरुले नै त्यस्तो देखाउँछ । आर्थिक क्षेत्रमा बिचौलियाको राज भयो । नीतिगत चलखेल, भ्रष्टाचार, आर्थिक संस्थाहरु कब्जा गर्न खोजिएको छ । यसलाई रोक्नेतर्फ राष्ट्र बैंकले ध्यान दिनुपर्यो ।’
पछिल्ला नियुक्तितर्फ संकेत गर्दै राष्ट्र बैंक, धितोपत्र डुबाउने दिशातर्फ लगिएको वाग्लेको निश्कर्ष छ ।
टिप्पणीहरू