छिङहाइ तालको डिलमा सिन्ज्याङ र तिब्बती संस्कृतिको बेजोड संगम

चीनको उत्तर पश्चिममा रहेको सिन्ज्याङ युगुर स्वायत्त क्षेत्र र दक्षिण पश्चिममा रहेको तिब्बत स्वायत्त क्षेत्र बेजोड संस्कृतिमा धनी छन् । ती दुई स्वायत्त क्षेत्रका अल्पसंख्यक जातिहरुको प्रख्यात संगीत र नृत्यलाई छिङहाइ तालको डिलमा प्रस्तुत गरिएको छ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सिन्ज्याङको जीवन्त हाते ड्रमको ताल र तिब्बती गोज्वाङ नृत्यको मनमोहक सम्मिश्रणले अद्वितीय सांस्कृतिक प्रस्तुति सृजना गरेको छ । यस्तो सम्मिश्रणले आन्तरिक क्रस–कल्चरल (सांस्कृतिक अन्तक्र्रिया) सम्भयतालाई सुसंस्कृत तुल्याउने विश्वास लिइएको छ ।

नेपाललगायत धेरै जातिय समुदाय रहेको समाजलाई जातीय विविधता र सौहार्दताको सुन्दर सन्देश दिन यस्ता कार्यक्रमले सहयोग पुर्याउने बताइन्छ । अमूर्त सांस्कृतिक सम्पदामा आधारित यो प्रस्तुतिलाई संगीत र नृत्यमार्फत विभिन्न जातीय समुदायबीचको एकता र सहअस्तित्वलाई झल्काउने अद्वितीय प्रयासको रुपमा लिइएको छ ।

टिप्पणीहरू