बेइजिङ सिटीको बीचमा फरबिडन सिटी
चीनको राजधानी बेइजिङको मध्यभागमा अवस्थित फरबिडन सिटी, जसलाई “गुओगोंग“ पनि भनिन्छ । यो ऐतिहासिक र सांस्कृतिक धरोहरको रूपमा विश्वभर परिचित छ ।
१५ औं शताब्दीतिर निर्माण गरिएको यो शाही महलललाई सन् १९८७ मा युनेस्कोले विश्व धरोहरको रूपमा सूचीबद्ध गरेको हो । पछिल्लो समय यसलाई चीनको महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुमध्ये एक मानिन्छ ।
फरबिडन सिटी ऐतिहासिक सम्राटहरूको निवास हो । यो किल्ला ७२ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यसको संरचनामा नौ हजार ९९९ कोठा छन् । मिंग वंशका राजा योंगलको शासनकालमा निर्माण भएको हो ।
यसको ऐतिहासिक महत्व र प्राचीन वास्तुकलाले विश्वका इतिहास र संस्कृति प्रेमीहरूलाई आकर्षित गर्दै आएको छ । फरबिडन सिटीको वास्तुकला चिनियाँ प्राचीन शैलीमा आधारित छ । जहाँ बलियो काठको संरचनासहित सुनौलो र रातो रंगको प्रयोग गरिएको छ ।
तत्कालीन राजा र परिवारलाई सुरक्षाका लागि यो किल्ला बनाइएको बताइन्छ । यस्ता विशेषताको कारण यसको नाम फरबिडन अर्थात् निषेधित सिटी राखिएको उल्लेख छ ।
तस्बिरहरु:



टिप्पणीहरू