बालकको मृत्युपछि सिरहा अस्पतालमा अश्रुग्यास प्रहार

बालकको मृत्युपछि सिरहा अस्पतालमा अश्रुग्यास प्रहार फाइल फाेटाे

चिकित्सकहरुको लापरबाहीले बालकको मृत्यु भएको जनाउँदै आफन्तजनले तोडफोड गरेपछि सिरहा अस्पताल परिसर तनावग्रस्त भएको छ ।

झडपमा प्रहरी र मृतकका आफन्त गरेर झण्डै एक दर्जन घाइते भएको बताइएको छ ।

झडप नियन्त्रणमा लिन अश्रुुग्यास प्रहार गरिएको छ । परिवारले दोषी चिकित्सकमाथि कारबाही र छानबिनको माग गरेका छन् ।

घटनाक्रमअनुसार आज बिहान अस्पताल भर्ना भएका सिरहा नगरपालिका–६ बसविट्टाका झल्लु महराका छोरा १० वर्षीय राजन महराको केहीबेरअघि मृत्यु भएको हो । ज्वरोका कारण भर्ना गरिएका महराको अस्पतालका चिकित्सिकले उपचार थाल्ने बितिक्कै ज्यान गएको परिवारको आरोप छ ।
 

टिप्पणीहरू