चिनियाँ राजदूत बिशेष सन्देशसहित परराष्ट्र मन्त्रालयमा
नेपालका लागि जनगणतन्त्र चीनका राजदूत छन सोङले परराष्ट्र मन्त्रालय पुग्नुभएको छ । एकछिनअगाडि मन्त्रालयको उत्तरपूर्वी एशिया महाशाखामा सहसचिव भ्रृगु ढुंगानासँग करिब आधा घण्टा कुराकानी भएको छ ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्षको अवसरमा यो वर्ष दुबै मुलुकमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
यसै सन्दर्भमा जुलाई १ को अवसर पारेर कुनै उच्चस्तरीय भ्रमण हुने र नेपाललाई कुनै सहयोगको घोषणा हुने संभावना पनि छ।
सन १९५६ को जुलाई १ कै दिन दुई देशवीच कूटनीतिक सम्झौतामा हस्ताक्षर भएको थियो ।
टिप्पणीहरू