भाग्य भजाउँदै, मेयर सा’ब कुर्सी जोगाउँदै

भाग्य भजाउँदै, मेयर सा’ब कुर्सी जोगाउँदै

आस्तिकहरूको जनबोलीमा एउटा उखान छ नि- भाग्यमा भए भागी भागी आउँछ, नभए आएको नि भाग्छ । समाजमा यस्ता उखान केहीलाई ठ्याक्कै मिलेको देखिन्छ । अझ राजनीतिमा यस्ता स–साना विषयले कतिको राजनीति सकिन्छन् भने कतिपयलाई घरीघरी समयले जोगाएको प्रष्टै देखिन्छ । यस्तै, एक जना पात्र छन् ललितपुर गोदावरी नगरपालिकाका गजेन्द्र महर्जन ।

२०७४ को निर्वाचनमा पार्टी नेतृत्व अनुकूल नभएको भए वडाध्यक्षको टिकट पनि मुश्किल थियो, उनीभन्दा सिनियर जिल्ला उपसभापति सुदर्शन घिमिरले२०७९ मा ललितपुर २४ को वडाध्यक्ष उठेर पराजय व्यहोर्नुपरको थियो। कांग्रेस नेता मदनबहादुर अमात्यको वरिपरि घुमीघुमी मेयरको टिकट ल्याउन सफल महर्जनलाई त्यस यता जे छोयो त्यही सफलता हात लागेको चर्चा छ । तर खासमा उनको रहस्यमय सेटिब कलाबारे कमैलाई मात्रै थाहा छ ।

०७४ मा ठेचोका एमाले नेता रघुनाथ महर्जन र चापागाउँमा चेतनाथ सञ्जेलसँग कुरा मिलाएर मुश्किलले जितेका महर्जनले अल्पमतमा जितेर बहुमतका सबै जनप्रतिनिधिलाई चलाए । दोश्रो कार्यकाल गठबन्धनलाई गैसकेको उपमेयरको टिकट अघिल्लो कार्यकाल आफूसँगै जितेकी उपमेयर मुना अधिकारीलाई दिलाए ।

अख्तियारको मुद्दामा राजस्वको सवाल मात्रै हो भन्दै अधिकारीलाई मात्रै फसाएर आफू उत्रने प्रयास गरेका महर्जनले आफैंसहित परेपछि मुद्दामा दवाव दिन एमाले नेता बोकेर बालकोटदेखि देउवा निवास बुढानिलकण्ठसम्म सेटिब मिलाए । संयोगवश नयाँ गठबन्धन बनेकै केही दिनमा विशेष अदालतबाट सफाइ लिए । यतिसम्म कि उनीसँगै अख्तियारले मुद्दा दायर गरेका जनप्रतिनिधि तथा कर्मचारीहरू काममा फर्कन पाएका छैनन् उनले भने सुशासनका लागि बोल्नेहरूलाई नाकमा औंलो पु¥याएर चेतावनी दिन भ्याएका छन्।

४ अर्बको हाराहारीमा घोटाला आरोप लागेका महर्जन विशेष अदालतबाट स्वाभाविक कार्यदिनभन्दा छिटो मुद्दा टुंग्याएर अबिरजात्रासहित नगरपालिका प्रवेश गरी उही पुरानै हर्कत गरिरहेका छन्। महर्जनले अहिले कांग्रेस जिल्ला सभापति जितेन्द्र श्रेष्ठ र बागमतीका मन्त्री मीनकृष्ण महर्जनका हरेक प्रस्तावलाई हुबहु कार्यान्वयन गरीदिएर रिझाएका छन् भने अरु कांग्रेसलाई पनि नगन्ने व्यवहार देखाउँछन्।

दर्जन कन्सल्टेन्सी कम्पनीका छाप नै आफ्नै झोलामा लिएर हिँड्ने प्रशासकीय अधिकृत प्रविण कोइरालालाई विश्वासपात्र बनाएर ढुंगागिट्टी, प्लटिब स्वीकृति, विवादित खानी सञ्चालनमा मौनता लगायतका कुकर्महरू गरेको स्थानीयहरूले बताइरहेका छन्। कोइरालाको विदाइपछि आएका अधिकृतलाई ट्युनिब नमिलेको भन्दै खेदाएर ल्याइएका मानबहादुर खड्कामार्फत फेरि ढुंगा गिट्टी र प्लटिंग लगायतका काममा नजर गाडेका छन्। अख्तियारले दायर गरेको मुद्दामा विशेषले सफाई दिएपछि दम्भ यतिसम्म बढेको छ कि मन लागेकाजति रोडाढुंगा उद्योगलाई नवीकरण गरिदिएका छन्।

वडाध्यक्ष विष्णुमान महर्जनकै क्रसर तथा ढुंगा उद्योगलाई नवीकरण गर्ने उद्धेश्यले मापदण्ड नै संशोधन गरिएको छ । गत वर्षको असोजमा बाढीका कारण वितण्डा मच्चाएको नख्खु खोलाको धेर भाग पर्ने गोदावरी नगरपालिकाले विपत र वातावरणमा उत्कृष्ट काम गरकोपुरस्कार पनि हात पा¥यो। अझ स्थानीय तहको स्वमूल्यांकनमा वातावरणतर्फ राम्रो अंक ल्याएको छ ।

तर अहिले पनि टीकाभैरव खोलामा दैनिक १६ घण्टा जेसिबी मेसिन चलिरहेका छन्। ढुंगा उत्खनन् गररे विक्री भइरहेको छ । जिल्ला प्रशासन कार्यालय र प्रहरीले यो स्थानीय तहको क्षेत्राधिकार भन्दै पन्छिने र नगरपालिकाले कसैलाई टेर्नु नपर्ने जसरी सफाइ पाएपछि यहाँका नागरिक भगवान भरोसामा पुगेका छन्। वर्षा लाग्नै लाग्दा टीकाभैरव आसपासका नागरिकमा त्रास फैलिएको छ तर खुलेआम खानी, क्रसर, प्लटिंगको स्वीकृतिमा सही गर्ने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधि घरजग्गा जोड्दैछन्।

सबैलाई सेटिब मिलाएर स्वाट्ट आफ्नो दाउ पार्दै आएका महर्जन अहिले अब गोदावरीलाई उपमहानगर बनाएर फेरि मेयर हुने सपना बुनिरहेका छन्त र यतिबेला उनको करोडौं रुपैयाँ बचत भएको देउराली बचत तथा ऋण सहकारी सँस्था संकटग्रस्त भएपछि निद्रा लाग्न छोडेको छ । सहकारीका कारण प्रेसर बढेर औषधि खाइरहेका छन् भने निद्रा लाग्ने अरु उपायहरू खोज्नुपर्ने अवस्था भएको निकटहरू बताउँछन्।

टिप्पणीहरू