सशस्त्रका ठाडालाई पूरै पाँच नम्बर !
सशस्त्र प्रहरीकोे रिक्त एआइजी दरबन्दीमा गणेश ठाडा मगरले कमल गिरीलाई बाजी मारेका छन् ।
बढुवा समितिले दिने ५ नम्बर ठाडाले पाएपछि गत सोमबार राति क्याबिनेट बैठकको निर्णय बमोजिम उनले फुली लगाइसकेका छन् । बढुवाको नम्बर ५ बाट घटाएर ३ मा राख्ने प्रस्ताव गृह मन्त्रालयले पास नगरेपछि स्वभाविक रूपमा गिरी राजीनामा दिने कि पुससम्म टिकिरहने भन्ने दोधारमा देखिन्छन् ।
अर्कोतर्फ राजावादी आन्दोलनविरुद्ध म्याद गुज्रेको अश्रुग्यास प्रयोग गरेको भन्दै आलोचित नेपाल प्रहरीले सशस्त्रसँग पैंचो मागेर लगेको २ हजार सेल अश्रुग्याँस फिर्ता गरेको छैन । बरु उसलाई बन्दुक लगायतका हतियार र दंगा नियन्त्रणको लागि अश्रुग्यासलगायत सामग्री खरिद गर्न करिब डेढ अर्ब रुपैयाँ आउँदो सरकारले छुट्याएको छ ।
टिप्पणीहरू