नसिहत पाउने डेढ सय वकिल को काे हुन् ?

नसिहत पाउने डेढ सय वकिल को काे हुन् ?

पेशागत मर्यादा र आचरणविपरीत काम गरेको अभियोगमा नेपालका १५ जना वकिलले सर्वोच्च अदालतमा मुद्दा खेपिरहेका छन् भने करिब १ सय ५ं० जना वकिलको उजुरी छानविन गरी बार काउन्सिलले कतिपयलाई कारवाहीस्वरूप नसिहत दिएको बताइन्छ । हाल काउन्सिलमा १५ थान उजुरी बाँकी छन् । 

गैह्र पेशागत काम गरेको भन्दै गैह्र वकिलविरुद्ध पीडितले उजुरी हालेका हुन् । बार काउन्सिल भनेको वकिलहरूलाई पुरस्कृत र दण्ड सजाय पनि गर्ने निकाय हो । काउन्सिल प्रधानमन्त्रीका कानुनी सल्लाहकार महान्यायाधिवक्ताको नेतृत्वमा रहेको छ । यसका कारण कतिपय काम सोचेअनुरूपको हुने गर्दैन । बिराटनगरका एक जना अधिवक्ता (वकिल)को मृत्यु भएको दशकौंसम्म उनका सहयोगी अभिवक्ताले उनकै लाइसेन्स प्रयोग गरी काम कारवाही गरेको भेटिएपछि लाइसेन्स रद्द गरिएको छ । वकिलको लाइसेन्स रद्द गर्नु भनेको मृत्युदण्ड दिएसरहको कुरा हो ।

किनभने लाइसेन्स रद्द गरेपछि उनको सामाजिक तथा व्यवसायिक जीवन बाँकी रहन्न । इच्छाराज तामाङ सहकारी ठगी प्रकरणमा वकिल रुद्र पोखरेलले न्यायाधीशसँग २ करोड डिल गरेबापत नसिहत पाए पनि लाइसेन्स खारेजीको तहसम्म पुग्न पाएन । पोखरेल हाल पेशाबाट पलायन भएको अवस्था छ । उनी त्यसबखत केन्द्रीय बारका कोषाध्यक्ष थिए । 

टिप्पणीहरू