बिल बिजक जारी नगर्ने बिक्रेतालाई विभागको चेतावनी

बिल बिजक जारी नगर्ने बिक्रेतालाई विभागको चेतावनी

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तु तथा सामान खरिद गर्दा बिल बिजक जारी नगर्ने बिक्रेतालाई कारबाही गर्ने चेतावनी दिएको छ ।

बजार अनुगमनका क्रममा बिना लेबलका सामान बेचबिखन तथा बिल बिजक जारी नगरेको पाइएको भन्दै विभागले यस्तो चेतावनी दिइएको हो । विभागद्धारा आज जारी विज्ञप्तिमा डिलर, खुद्रा तथा थोक बिक्रेताहरुलाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल लगाएका वस्तु बिक्री र अनिवार्य रुपमा बिल बिजक जारी गर्न निर्देशन दिइएको छ ।

भोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को (३) को उपदफा (२) बमोजिम लेबलमा उल्लेख गर्नुपर्ने कुराहरु सर्वसाधारणले बुझ्नेगरी नेपालभित्र उत्पादन भएका वस्तुहरु भए उत्पादक र पैठारी (आयात) गरिएका वस्तुहरु भए पैठारीकर्ताले नेपाली वा अंग्रेजी भाषामा लेख्नुपर्ने र सोही ऐनको दफा ६ को (४) मा उपदफा (३) बमोजिम अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल नलगाइएको वस्तु नेपालमा पैठारी र बिक्रीवितरण गर्न नपाइने कानूनी व्यवस्था छ ।

विभागले भनेको छ, ‘उल्लिखित ऐनको भावना र मर्मविपरीत अब उप्रान्त कुनै स्वदेशी उत्पादक र पैठारीकर्ताहरुले लेबलमा (उत्पादकको नाम र ठेगाना, दर्ता नम्बर, ब्याच नम्बर, उत्पादन मिति, उपभोग गरिसक्नुपर्ने मिति, अधिकतम खुद्रा बिक्री मूल्य, परिमाण, तौल, गुणस्तर) उल्लिखित विवरण र सोमा हुनुपर्ने विवरणहरु उल्लेख गरी बिक्रीवितरण गर्नहुन अनुरोध छ ।’

टिप्पणीहरू