इरान-इजरायल युद्ध रोक्न काठमाडौँमा प्रदर्शन

इरान-इजरायल युद्ध रोक्न काठमाडौँमा प्रदर्शन

इजरायल-इरान युद्ध अन्त्यको माग गर्दै मानव अधिकारकर्मीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

मानवअधिकार तथा शान्ति समाजको अगुवाइमा यहाँस्थित दुबै देशका दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गरिएको हो । अधिकारकर्मीहरुले आज बिहान शुरुमा लाजिम्पाटस्थित इजरायली दूतावासअगाडि प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए । त्यसक्रममा 'इजरायल युद्ध तत्काल बन्द गर', 'इजरायल शान्तिपूर्ण  सहास्तित्वको मार्ग अवलम्बन गर', 'वार इज अन इन्सल्ट टु ह्युमानिटी', 'इजराल स्टप वार, प्रमोट पिस' लेखिएका ब्यानर र प्लेकार्ड देखाइयो ।

समाजका संस्थापक तथा मानव अधिकारकर्मी कृष्ण पडाडिको नेतृत्वमा भएको प्रदर्शनमा रेनुका पाैडेल, जनक भण्डारीलगायत डेढ दर्जन सहभागी थिए ।  युद्धका कारण पश्चिम एसिया तनावग्रस्त हुनुका साथै विश्व शान्तिका लागि थप खतरा पैदा भएको उनीहरुको ठहर छ ।

आधा घण्टा इजरायली दुतावास अगाडि उभिएका प्रदर्शनकारी त्यसपछि इरानी कन्सुलेट कार्यालय पुगे । दरबारमार्गस्थित याक एण्ड यती माेड नजिकै रहेको कन्सुलेट कार्यालय अगाडि ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको हो ।

टिप्पणीहरू