चुनावअघि महाधिवेशन गर्ने गगनको दाबी

चुनावअघि महाधिवेशन गर्ने गगनको दाबी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८३ साल मंसिरअघि नै  पार्टीको महाधिवेशन हुने बताएका छन् ।

आज काठमाडौँमा आयोजित पार्टीको एक कार्यक्रमा उनले समयमै १५औं महाधिवेशन हुने दाबी गरेका हुन् । 

०८४ सालको आम निर्वाचनपछि अधिवेशन हुन्छ की भन्ने आशंका भए त्यो भ्रमबाट बाहिर निस्किन गगनले कार्यकर्तालाई आग्रहसमेत गरे ।

‘अधिवेशनका बारेमा कोही पनि कन्फ्युजनमा नरहनु होला । हामीसँग लास्ट डेट भनेको ०८३ को मंसिर हो । त्यहाँसम्म पुर्‍याउनु हुन्न,’ उनले भने ।

महाधिवेशन पछि सार्दा स्थानीय चुनावलाई प्रभावित गर्ने बताउँदै उनले छिटो क्रियाशिल सदस्यता टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

टिप्पणीहरू