सर्वोच्चमा ५८ देखि ६० वर्ष उमेरका तीन जना न्यायाधीश सिफारिस
न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्ति सिंह थापालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको हो ।
सिफारिस भएका तीनै जनाको नाम परिषदले संसदीय सुनुवाइका लागि पठाइसकेको छ । सिफारिस भएकामध्ये पोखरेलको उमेर ५८, पौडेलको ५९ र थापाको ६० वर्ष पुगेको बताइन्छ ।
टिप्पणीहरू