चिनियाँ सैन्य टोली छिर्यो जङ्गी अड्डा
चिनियाँ जनमुक्ति सेनाको छ सदस्यीय टोली काठमाडौं आइपुगेको छ । नेपाली सेनाको युद्धभैरव गण र जनमुक्ति सेनाबीच हुन लागेको ‘सगरमाथा फ्रेण्डसिप २०२५’ तालिमका लागि सिचाङ (तिब्बत) मिलिटरी कमाण्डका कर्नेलको नेतृत्वमा टोली हिजो बिहान सिचुआन एअरलाइन्सको उडानमा छन्तु हुँदै आएको हो ।
जनमुक्ति सेनाको स्टाफ डिपार्टमेन्ट, ट्रेनिङ सेक्टरका निर्देशक तथा कर्नेल तिङ सुहुईको नेतृत्वमा आएको टोली आज र भोलि जंगी अड्डामा हुने इनिसियल प्लानिङ कन्फरेन्स (आइपिसी) मा सहभागी हुँदै छ ।
प्राप्त विवरणअनुसार चिनियाँ जनमुक्ति सेनाको सिचाङ मिलिटरी कमाण्ड, स्पेसल अपरेशन ब्रिगेडका लेफ्टिनेन्ट कर्नेल चिआन होङ मि,सोही कमाण्डका लेफ्टिनेन्ट कर्नेल चिआन यु,मेजर सुआई लु,मेजर चाङ चिनलोङ,क्याप्टेन वाङ सिङची काठमाडौं आएका छन् ।
टिप्पणीहरू