सत्ता खुस्केपछि प्रचण्डको कुण्ठा र सनातन अस्थिरता

सत्ता खुस्केपछि प्रचण्डको कुण्ठा र सनातन अस्थिरता

- दशराज शाक्य

सन् २००८ मई २८को दिन नेपालको इतिहासमा ज्यादै महत्वको दिन हो । २४० वर्षदेखि चली आइरहेको शाहवंशको राजतन्त्र समाप्त भयो । त्यही दिन संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र घोषित गर्‍यो र राजा ज्ञानेन्द्र शाहले सत्ता छोड्नुपर्‍यो । काठमाडौं शहरको चारैतिर हजार जना जति हतियारबन्द माओवादीले ‘मुक्ति सेना’को पोजिशन लिएका थिए । अर्कोतर्फ ‘राजा’ लाई दरबारबाट सुरक्षित स्थानतर्फ पुर्‍याउनको लागि भारतीय वायुसेनाको विशेष हेलिकप्टर पनि उपलब्ध गराइएको थियो भन्ने सुनिन्थ्यो । त्यसबेला आम जनतामा ‘राजा र दरबार’प्रति आस्था र सम्मान, रिस र घृणा फैलिएको थियो ।

रजतन्त्रबाट लोकतन्त्र, गणतन्त्र

नेपालमा राजालाई शिवको अवतार मानिन्छ । त्यसकारण सम्पूर्ण जन आन्दोलनको मूल्यांकन र ‘गद्दी’प्रति सम्मानजनक स्थान पनि कम भएको थिएन । तर २००१ जुन १ का घटनाहरूले राजा र दरबारलाई खलनायक जस्तो घोषणा गरियो । जब काठमाडौंको नारायणहिटी– दरबारमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेव र उनको परिवारले नृशंस हत्याकाण्डको शिकार हुनुपर्‍यो । यसमा परिवारका १० जना सदस्य मारिए । युवराज दीपेन्द्रको मरण पछि राजा वीरेन्द्रको भाइ ज्ञानेन्द्र शाह नयाँ राजा भए । तर जनताको नजरमा सम्मान प्राप्त गर्नमा असफल सावित भए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामवरण यादव सन् २००८ जुलाई २३ मा  पहिलो राष्ट्रपति चुनिए । उनले नै प्रचण्डलाई ‘प्रधानमन्त्री’को शपथ दिलाए । मधेशी नेता परमानन्द झा उपराष्ट्रपति भए । संविधानसभाको लागि सम्पन्न चुनावमा माओवादी पार्टी सर्वाधिक स्थान प्राप्त गर्न सफल भए । नेपाली कांग्रेस दोश्रो र एमाले तेश्रोमा खुम्चिए । त्यो बेला तराईको मधेश प्रदेश जुन युपी–बिहारको सीमावर्ती क्षेत्रबाट उदय भएको मधेशी जन अधिकार फोरमलाई पनि आश्चर्यजनक सफलता प्राप्त भएको थियो । 

‘शपथ ग्रहण समारोहमा भारत सरकारका प्रतिनिधि गैर–हाजिर रहे । शरद यादवलाई नेपाल–भारत संसदीय फोरम अध्यक्षको नाताले विशेष आमन्त्रित गरिएको थियो । शरद यादवको साथ सांसद् के.सी. त्यागी र सुधीन्द्र भदौरियालाई पनि निमन्त्रणा थियो । त्यो बेला गिरिजाप्रसाद. कोइराला कार्यकारी प्रधानमन्त्री थिए । वरिष्ठताको आधारमा ‘राष्ट्रपति’ पद गिरिजाप्रसाद कोइरालाले पाउनुपर्ने हो तर उनी सत्ता राजनीतिको शिकार भए । साँझतिर भारतीय प्रतिनिधिमण्डलले उनको आवासमा भेट गरेर छलफल गरेका थिए । एक घण्टासम्म चलेको भेटघाटमै महसुस गरियो कि प्रचण्ड सरकारको आयु धेरै छैन । गिरिजाप्रसाद कोइराला आफू पनि सो शपथग्रहण समारोहमा अनुपस्थित रहे । यसले पनि टकराव, टक्कर र अस्थिरताको सन्देश गएको रहेछ ।’ (सांसद केसी त्यागीको आलेखमा सो कुरा उल्लेख छ) 

प्रचण्डका ३ गल्ती

कैयौं राजनीतिक घटनापछि अन्त्यमा प्रचण्डलाई पनि प्रधानमन्त्री पदबाट २००९ मई ४ मा राजीनामा दिनुपर्‍यो । उनको ठाउँमा एमाले नेता माधववकुमार नेपाल २००९ मई २५ मा नयाँ प्रधानमन्त्री चुनियो । प्रचण्डले स्वीकार गरे कि ३ वटा महत्वपूर्ण निर्णय विना अनुभवका कारणले राजीनामा दिनुपरेको थियो । एक, गिरिजाप्रसाद. कोइरालालाई राष्ट्रपतिको रूपमा स्वीकार गर्न नसक्नु । आफ्नो पहिलो विदेश भ्रमण २००८ सेप्टेम्बर २३ मा चीनको व्यावसायिक केन्द्र संघाईबाट थाल्नु । त्यस समय भारतका राजदूतले भ्रमणको विरोध गरेका थिए । तेश्रो भूल सेनापति रुकमांगद कटवाललाई ३ महिनाको अवधि बाँकी हुँदाहुँदै २००९ मई ३ मा पदबाट हटाउनु । 

वर्तमान गठबन्धन सरकार बनेदेखि नै स्थिर सरकार ढाल्ने र अस्थिरता मच्चाउने खेलमा प्रचण्ड गतिशील छन् । सत्ता पल्टाउन कहिले कांग्रेस सभापति शेरबहादुर देउवालाई उचाल्न खोज्छन् त कहिले तथाकथित बाम एकता या गठबन्धनको सरकार बनाउनुपर्‍यो भन्दै एमाले अध्यक्ष केपी ओलीसामु पुग्छन् । कहिले कांग्रेस त कहिले एमालेलाई धोखा दिन्छन् । धोखा खानेहरू (कांग्रेस र एमाले) दुई तिहाइ बहुमत जुटाएर सरकार चलाउने ठाउँमा पुग्दा प्रचण्ड कुनामा ठोक्किनु स्वाभाविकै हो । तैपनि, प्रचण्डले आफ्नो दिग्भ्रमित र अस्थिर मनःस्थितिलाई ‘गतिशीलता’ भन्न चुक्दैनन् । हास्यास्पद कुरा ब्यक्त गर्न थाक्दैन । कहिले उथल पुथल गर्ने भन्छन् । 

राजनीतिक ईष्र्याले कुण्ठा जन्माउँछ, कुण्ठाले अस्थिर मनःस्थितिलाई मलजल गर्छ र यता उता भौँतारिएर गतिहीन स्थितिमा पुर्‍याइदिन्छ । नेपालका नेताहरूले ध्यान नदिएको पक्ष यो पनि हुनसक्छ । ‘तित्राको मुखै बैरी’ भने जस्तै जे पायो त्यही बोल्दै हिँड्नु गतिशीलता होइन । त्यो सत्ताविहीन छट्पटी हो ।

सफलता उसैलाई मिल्छ, जो त्यसलाई प्राप्त गर्न निरन्तर कोशिश गर्छ । सफलताको शिखरमा पुग्नको लागि मेहनत, धैर्य र समर्पणको आवश्यकता पर्छ । जो नेता, व्यक्ति कहिले पनि हार, पराजय मान्दैन उसैले उद्देश्य प्राप्त गर्छ । नेताले आत्मविश्वास र मेहेनतलाई सबभन्दा ठूलो शक्ति र ताकत मान्नुपर्छ । आजको सत्य यही हो ।

बालकुमारी, ललितपुर, वडा नं. ९ ‘ग’
मोबाइल नं.  :- ९८४१५४६६७८
बैंक खाताको नाम :- दश राज शाक्य /नेपाल बैंक लिमिटेड, गाबहाल, ललितपुर शाखा
NORMAL SAVING NPR
चल्तीखाता नम्बर : 01801007742455000001
Email : [email protected]

टिप्पणीहरू