नोराले अंगाल्दा अरुलाई औडाहा

नोराले अंगाल्दा अरुलाई औडाहा

बलिउड अभिनेत्री तथा चर्चित डान्सर नोरा फतेहीले भ्वाइस अफ नेपालका विजेता प्रोसेस पाण्डेलाई कसिलो अंगालोमा च्यापेकी छन् । हिजो साँझ काठमाडौंमा आयोजित सांगीतिक कार्यक्रममा भाग लिन आएकी उनले पाण्डेलाई स्टेजमा जोडले अंगालो हालेकी थिइन् ।

आफूलाई नोराले अंगालो हालेको दृश्य सामाजिक सञ्जालमा राखेर प्रोसेस पाण्डेले क्याप्सनमा लेखेका छन् ‘के चाहियो र यो भन्दा !’ त्यसपछि उनीमाथि अरुले व्यङ्ग्य कस्दै अनेक अर्थ लाग्ने प्रतिक्रिया जनाएका छन् । 

उक्त फोटोमा लेखिएका केही प्रतिक्रिया यस्तो छ  ‘केटोले अब दुई चार वर्ष मुख धुँदैन होला’, ‘सोझो केटोलाई बिगारेर गै नोराले’, ‘नेपालीले सबैथोक जानेको छ त्यही एउटा भोट हाल्न नजानेको त हो ।’
 

टिप्पणीहरू