कसले दियो यी मन्त्रीलाई उड्ने अनुमति

कसले दियो यी मन्त्रीलाई उड्ने अनुमति

प्देश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रीहरूको विदेश भ्रमणलाई संघीय मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान छ ।

तर, एमाले महासचिव  शंकर पोखरेलका भाञ्जी–ज्वाइँ तथा लुम्बिनी प्रदेशका उद्योगमन्त्री प्रचण्डविक्रम न्यौपाने कानुनी प्रावधान मिचेर थाइल्याण्ड पुगेको भेटिएको छ ।

दाङ जिल्लावासी राजदूत धनबहादुर ओलीको निमन्त्रणामा मन्त्री न्यौपाने त्यता पुगेका हुन् । थाइल्याण्डका लागि नेपाली राजदूतावास, बैंककद्धारा बुद्ध जयन्तीको अवसर पारेर आयोजित ‘लुम्बिनीः भगवान् गौतम बुद्धको जन्मस्थान, विश्व शान्तिको मुहान’ विषयक कार्यक्रममा भाग लिन गएका उनले संघीय सरकारबाट स्वीकृति लिएका छैनन् ।

उसो त उनी  मातहतकै निकायबाटनक्कली लाइसेन्स खुलेआम बिक्री–वितरण भइरहेको विषयमा अख्तियारले समेत हात हालेको स्थिति छ । गुन्टु उपनामले  चर्चित न्यौपाने नेपाली कांग्रेसमा पनि शेखर कोइराला खेमाका हुन् । यसअघि गगन थापाहरू नै न्यौपानेलाई मन्त्रीबाट हटाउन लागिपरेका थिए  लाइसेन्स प्रकरणमा । 

उता यही मेसोमा लुम्बिनीका विभिन्न मेयर, उपमेयरसहित कर्मचारीको जम्बो टोली नै थाइल्याण्ड उडेको भेटिएको छ । टोलीमा सिद्धार्थ नगरपालिका मेयर इस्तियाक अहमद खान, उपमेयर उमा अधिकारी, लुम्बिनी सांस्कृतिक नगरपालिका उपमेयर कल्पना हरिजन र प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, देवदह नगरपालिका उपमेयर विद्यालक्ष्मी गुरुङ, रामग्राम नगरपालिका उपमेयर सम्झना चौधरी, तिलोत्तमा नगरपालिका उपमेयर जागेश्वरी देवी चौधरी छन् ।
 

टिप्पणीहरू