प्रधानमन्त्री लुम्बिनी जाँदा मुख्यसचिव पोखरा र स्याङ्ग्जा
प्रधानमन्त्री केपी शर्मा ओली बुद्ध जयन्तीको दिन लुम्बिनी जाने कार्यक्रम तय भएको छ । पर्सि सोमबार बिहान ८ बजे नेपाली सेनाको हेलिकोप्टरमा उहाँ बालुवाटारबाट सोझै लुम्बिनी पुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्री बिहान ९ बजे लुम्बिनीको गौतम बुद्ध जयन्ती विशेष कार्यक्रममा सहभागी हुनुहुने छ । दुई घण्टापछि ११ बजे काठमाडौं फर्कने भनिए पनि विस्तृत कार्यक्रमबारे जानकारी दिइएको छैन । कार्यक्रम तयारीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय,रक्षा मन्त्रालय,लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई बोधार्थ दिएको छ ।
यता मुख्यसचिव एकनारायण अर्यालको हिजो पोखरा पुगेर भोलिसम्म व्यस्त हुने कार्यक्रम छ । हिजो दिउँसो बुद्ध एअरको उडानमा पोखरा पुगेपछि आज बिहान सतौ चण्डी कालिका,त्यसपछि गह्रौं कालिका हुँदै साँझ स्याङ्जास्थित पुख्र्यौली घर पुग्ने बताइएको छ ।
भोलि स्याङ्जास्थित राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय भवनको उद्घाटन गरेर साँझ पोखरा पुग्ने कार्यक्रम छ । त्यसपछि राति बुद्ध एअरको उडानमा काठमाडौं फर्कने मोटामोटी भ्रमण तालिका बनाइएको छ । साथमा तीन वटै सुरक्षा अङ्गका प्रमुखहरु छन् ।
टिप्पणीहरू