सबै खालका उत्पादनमा अनिवार्य लेबल

सबै खालका उत्पादनमा अनिवार्य लेबल

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्वदेशी तथा आयात गरिएका वस्तुमा अनिवार्य रुपमा लेबल लगाउन निर्देशन दिएको छ । देशभित्रै उत्पादन गरिएका तथा पैठारी गरिएको वस्तुमा सर्वसाधारणले बुझ्नेगरी नेपाली र अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनुपर्ने छ । 

लेबलमा उत्पादक, पैठारीकर्ताको नाम, ठेगाना, वस्तुमा राखिएका तत्वहरुको मिश्रण, परिमाण तौल, गुणस्तर, उत्पादन मिति, अधिकतम बिक्री मूल्य, ब्याच नम्बर, उपभोग्य अवधिलगायत विषयवस्तु खुलाउनुपर्ने पनि विभागले जनाएको छ । 

जसअनुसार आयातित वस्तुको हकमा उपभोक्ता संरक्षण ऐन, २०७५ ले तोकेका विवरणहरु उत्पादकको लेबलमा उल्लेख भएमा आयातकर्ताले छुट्टै लेबल लगाउनुपर्दैन । तर, बिक्रेताले उक्त लेबलमा उल्लेखित एमआरपी मूल्यभन्दा बढी नहुने गरी उत्पादक वा पैठारीकर्ताको लेबलको विवरण नछोपिने गरी बिक्री मूल्य तोक्न सक्ने विभागले जनाएको छ ।

टिप्पणीहरू