भाजपा नेता आज पनि भेटघाटमा व्यस्त

भाजपा नेता आज पनि भेटघाटमा व्यस्त

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका छन् । बिहान सवा ८ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेका उनले झण्डै ४५ मीनेट कुराकानी गरेको बताइन्छ । 

भेटमा दुई मुलुकबीच आपसी हितका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । अस्ति बिहान काठमाडौं आएका चौथाइवालेले सोही दिन दिउँसो गृहमन्त्री रमेश लेखक, राति नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गरेका थिए । 

हिजो प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व परराष्ट्रमन्त्री एनपी साउदलगायतसँग भेट गरेका उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू