बत्ति निभ्ने गरेको हो, लोडसेडिङ होइन : विद्युत प्राधिकरण

बत्ति निभ्ने गरेको हो, लोडसेडिङ होइन : विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको बताएको छ । सामाजिक सञ्जालमा लोडसेडिङबारे चर्चा चुलिएपछि प्राधिकरणले प्रष्टीकरण दिएको छ ।

प्राधिकरणले हावाहुरी, चट्याङका कारण विद्युत संरचनामा क्षति पुग्दा केही अवधि बिजुली अवरुद्ध भएपनि आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ । घरायसी ग्राहकलाई २४ सै घण्टा र उद्योगहरुलाई राति केही घण्टाबाहेक अन्य समयमा मागबमोजिम पूरै विद्युत आपूर्ति गर्दै आएको प्राधिकरणको दाबी छ । 

गर्मीयाम शुरु भएकाले भारतमा विद्युतको माग बढ्दा नेपालले राति चाहेजति विद्युत किन्न नसकेको उल्लेख गर्दै प्राधिकरणले औद्योगिक क्षेत्रका ग्राहकलाई भने बेलुकीको समयमा खपत कम गर्न अनुरोध गरेको छ । 

‘सामाजिक सञ्जालमा व्याप्त अतिरञ्जित हल्ला गरिएजस्तो विद्युत आपूर्तिमा समस्या नरहेको जानकारी गराउँदै कँही कतै कुनै पनि ग्राहस्थ वर्गको क्षेत्रमा लोड सेडिङ नभएको र आगामी दिनमा पनि घरायसी वर्गमा कुनै प्रकारको लोडसेडिङ्ग नहुने कुरमा आश्वस्त गराउन चाहन्छौं । साथै, औद्योगिक क्षेत्रका ग्राहकलाई बेलुकीको समयमा आफ्नो खपत कम गरेर सहयोग गर्नुहुन अनुरोध गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू