बजेट अधिवेशन शुरु, सभामुखद्वारा धमाधम पत्र वाचन
संघीय संसद्को बर्खे (बजेट) अधिवेशनअन्तर्गत पहिलो दिनको बैठक शुरु भएको छ । सभामुख देवराज घिमिरेले सबै सांसदहरुलाई स्वागत गर्दै अधिवेशन प्रारम्भ भएको घोषणा गर्नुभयो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत विभागीय मन्त्रीहरुको उपस्थिति छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले बोल्ने कार्यक्रम तय भए पनि अन्तिम अवस्थामा स्थगित गरियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकमा उपस्थित नहुने भएपछि प्रधानमन्त्रीको सम्बोधन कार्यसूचीबाट हटाइएको हो ।
अहिले सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउँदै हुनुहुन्छ ।
टिप्पणीहरू