पाटन अस्पतालको शौचालयबाट थुनुवा फरार
प्रहरी हिरासतमा रहेका एक जना कैदी फरार भएका छन् । उपचारका लागि ललितपुरको लगनखेलस्थित पाटन अस्पताल लगिएका उनी प्रहरीको आँखा छलेर भागेका हुन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, ललितपुरका एक जना अधिकृतले बताए ।
ती अधिकृतका अनुसार उनी प्रहरी वृत्त, सातदोबाटोको हिरासतमा थिए । ती कैदीको नाम खुलाउन नमिल्ने उल्लेख गर्दै उनले भने,‘फरार भएका कैदी पुरुष हुन् । आज दिउँसो उपचारका निम्ति पाटन अस्पताल लगिएको थियो । प्रहरीको आँखा छलेर उनी भागेका हुन् । अहिले खोजी भइरहेको छ ।’
सिसिटिभी क्यामेरामा उनी भागेर कोटेश्वर पुगेकोसम्म देखिएको छ ।
टिप्पणीहरू