कोशीमा पनि दीक्षान्तलगत्तै प्रदेश सभामा सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओली आज पूर्व जानुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टर एनए ०६७ अगुस्टामा बालुवाटारबाट मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालयमा जानुभएका प्रधानमन्त्री त्यहाँ आयोजित १३औँ दीक्षान्त समारोहमा सहभागी हुनुभएको छ।
दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री ओलीले केही बेरपछि विराटनगरस्थित कोशी प्रदेश सभाको बैठकलाई विशेष सम्बोधन गर्न लाग्नुभएको छ । यसअघि प्रधानमन्त्रीको सम्बोधनलाई बहिष्कार गर्ने बताएका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रदेश सभा सदस्यहरु सहभागी हुने बताइएको छ ।
यता प्रतिनिधि सभा बैठकमा प्रमुख विपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गरिरहनुभएको छ । यसअघि माघ २४ गतेको प्रचण्डको सम्बोधनको समयमा पनि प्रधानमन्त्री अनुपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्री गत आइतबार सेनाको हेलिकोप्टरमा कञ्चनपुर पुगेर सुदूर पश्चिमाञ्चाल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनुभएको थियो । त्यसपछि धनगढीस्थित प्रदेश सभाको बैठकलाई सम्बोधन गरेपछि उहाँ राजधानी फर्कनुभएको थियो । प्रधानमन्त्री ती दुबै विश्वविद्यालयको कुलपति हुनुहुन्छ ।
टिप्पणीहरू