उता झलमल्ल, यता अन्धकार

उता झलमल्ल, यता अन्धकार
सुन्नुहोस्

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा प्यारापिट निर्माण गर्ने र फ्लडलाइट जोड्ने सरकारको निर्णय लामो समयदेखि अलपत्र छ । तर गुल्मीका एक जना इन्जिनियरले आफ्नो एकल लगानीमा निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भने फ्लडलाइट जडान गरिएको छ ।

इन्जिनियर विनोद कुँवरले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मा निर्माण गरिरहेको ‘एक्स्ट्राटेक ओवल क्रिकेट मैदान’ मा फ्लडलाइट जडान सम्पन्न भएको छ । फ्लडलाइट जोडेपछि मैदान झलमल्ल देखिएको छ । अष्ट्रेलियामा बस्दै आएका क्रिकेटका सौखिन कुँवरले आफ्नो एकल लगानीमा पाँच बिगाहा जमिनमा क्रिकेट मैदानको निर्माण थालेका हुन् ।

हाल निर्माण अन्तिम चरणमा पुगिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा आफ्नो सय दिन पुगेको अवसरमा कीर्तिपुर मैदानमा फ्लडलाइट जडान र प्यारापिट निर्माणको काम थालिने बताउनुभएको थियो । तर, यता हालसम्म पनि फ्लडलाइट जडान हुन सकेको देखिँदैन ।

टिप्पणीहरू