कुलमानलाई शून्य अंक दिएकोमा माओवादी क्रुद्ध
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्याङ्कनमा शून्य अंक दिएकोमा आपत्ति जनाएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा उक्त दलका प्रमुख सचेतक हितराज पाण्डेले घिसिङलाई पटक-पटक स्पष्टीकरण सोधेर सरकारले दु:ख दिएको भन्दै आक्रोश व्यक्त गरे । प्राधिकरणलाई नाफा लैजान मुख्य भूमिका खेलेका व्यक्तिविरुद्ध सरकार हात धोएर पछि परेको उनको टिप्पणी छ ।
‘जसले सधैं रकम उठाउने कुरा जो गरिरहनुभएको छ । त्यो क्रममा पनि रोकावट बारम्बार जो आइरहेको छ । यस्तो नगरियोस् । यसका लागि हामी सरकारलाई रुलिङ गर्नसमेत अनुरोध गर्न चाहन्छौं’, पाण्डेले भने ।
सरकारले उद्योगहरुको वक्यौता उठाउन रोक लगाइरहेको भन्दै त्यस गर्न नदिन सभामुखसँग उनले रुलिङको माग गरे ।
टिप्पणीहरू