पाँच बुँदे सहमतिसँगै ग्याँस उद्योगीहरुको आन्दोलन फिर्ता

पाँच बुँदे सहमतिसँगै ग्याँस उद्योगीहरुको आन्दोलन फिर्ता

सरकारसँग पाँच बुँदे सहमति भएसँगै ग्यास उद्योगीहरुले आन्दोलन फिर्ता लिएका छन् । आज द्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई पक्षबीच सहमति भएको हो । 

ग्यास उद्योगहरुको बाह्य र आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च समायोजन गरी साबिकको खर्चमा प्रतिसिलिण्डर १२.७५ रुपैयाँ बढाउने सहमति भएको छ । त्यसैगरी, हाल ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर फ्ल्याट रकममा वा निश्चित प्रतिशतमा प्रदान गर्ने विषयमा नेपाल आयल निगमले उपसमिति बनाएर अध्ययन गर्ने, निगमले सम्बोधन गर्न नसक्ने मागहरुमा आवश्यक गृहकार्य गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गर्ने र आजबाटै आन्दोलन स्थगित गरेर ग्याँस आपूर्ति सहज बनाउने भनिएको छ ।

बैठकमा सचिव गोविन्दबहादुर कार्की, सहसचिव शिवराम पोखरेल, निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्ट, निर्देशक अन्जना पोखरेल, नेपाल एलपी ग्याँस उद्योग संघका पूर्वअध्यक्ष तथा सल्लाहकार गोकुल भण्डारी, सावरमल अग्रवाल, वरिष्ठ उपाध्यक्ष दिवान चन्द, सदस्य आयुष नेपाललगायतको उपस्थिति थियो ।

टिप्पणीहरू