ज्यापू भवनमा जुटे जसपाका नेता
जसपा नेपालको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । ललितपुरको भोला गणेशस्थित ज्यापू प्रज्ञा भवनको सभाहलमा हिजोदेखि बैठक शुरु भएको हो ।
हिजो बैठक सुरुआत गर्दै अध्यक्ष उपेन्द्र यादवले राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पेश गरेका थिए । आजदेखि केन्द्रीय सदस्यहरुले त्यसमाथि धारणा राख्ने कार्यसूची छ ।
भोलिसम्म चल्ने बैठकमा ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षासँगै समसामायिक राजनीतिबारे पनि छलफल हुनेछ ।
आजको बैठकमा अध्यक्ष यादव, सह-अध्यक्ष रकम चेम्जोङ,उपाध्यक्षहरु राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, शिवलाल थापा मगर, विद्युत बज्राचार्य, महासचिव लालबाबु राउत, राम कुमार शर्मा लगायत उपस्थित छन् ।
टिप्पणीहरू