केबलकार विरोधीहरुलाई वार्तामा आउन सरकारको आग्रह

केबलकार विरोधीहरुलाई वार्तामा आउन सरकारको आग्रह

सरकारले ताप्लेजुङमा निर्माणाधीन पाथीभर केबलकारको विरोध गर्दै आएको समूहलाई वार्तामा बोलाएको छ । गृहमन्त्री रमेश लेखकले उनीहरुका मागलाई संवादका माध्यमबाट सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण वार्तामा आउन आग्रह गर्नुभएको हो ।

टिप्पणीहरू