एमाले टोली दिल्ली उड्यो, काँग्रेस नेतृ चीन
सत्तारुढ नेकपा एमालेका दुई शीर्ष नेता भारत गएका छन् । पूर्वमन्त्रीसमेत रहेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र उपमहासचिव प्रदीप ज्ञवाली आज अपराह्न नयाँ दिल्ली उडेका हुन् ।
नेपाल एयरलाइन्सको उडान नम्बर आरए-२१७ मा अपराह्न चार बजे नेताद्वय काठमाडौँबाट दिल्ली प्रस्थान गरेको बताइएको छ । सोही उडानबाट जसपा नेपालका उपाध्यक्ष तथा संघीय सांसद राजकिशोर यादव पनि दिल्ली गएका छन् ।
यता, नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला चीन गएकी छिन् । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेकी उनी एयर चाइनाको उडान नम्बर सिए-४३८ मा साँझ ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट छन्तु प्रस्थान गरेको बताइएको छ ।
टिप्पणीहरू