संसद बैठकको कार्यसूचीमा छैन अध्यादेश

संसद बैठकको कार्यसूचीमा छैन अध्यादेश
सुन्नुहोस्

प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीमा अध्यादेश राखिएको छैन । राजनीतिक सहमति हुन नसकेपछि सरकारले अध्यादेश पेश गर्न आलटाल गरेको अनुमान छ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ ।

वर्तमान गठबन्धनलाई समर्थन गर्दै आएको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्र अन्य अध्यादेशका विषयमा छलफल गर्न सकिने अडान राखेको सन्दर्भमा सरकारले तत्काल अध्यादेशहरु संसद बैठकमा पेश गर्न सकेको छैन ।

सरकारले गत पुस १९ गतेको बैठकमा आधा दर्जन अध्यादेश पेश गरेर सोही महिनाको २४ गतेको बैठकबाट पारित गराउने तयारी गरेको थियो । विशेषगरी राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि सरकार प्रतिनिधि सभाबाट तत्काल अध्यादेश पारित गराउने मूडबाट पछाडि हटेको हो ।
 

टिप्पणीहरू